९ चैत काठमाडाैँ । कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी लगायत रहेको प्रहरीले जनाएको छ ।
विहीबार बिहान ३/४ बजेतिर उनीहरु सवार बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । उनीहरु नगरकोटबाट फर्कंदै गर्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए ।दुर्घटनाका घाइतेलाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो ।
घाइतेहरू सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई अस्पतालमा उपचार गराइरहेका छन् । उपचाररत एकजनाको अवस्था गम्भीर छ । थप विवरण अाउन बाकी छ ।