Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी प्रदेशलाई ३-० सेटले हराउँदै नेपाल पुलिस क्लब तृतीय

गण्डकी प्रदेशलाई ३-० सेटले हराउँदै नेपाल पुलिस क्लब तृतीय

जोईन खबर

१०, चैत्र २०८०
  • 676
    SHARES
  • गण्डकी प्रदेशलाई  ३-०  सेटले हराउँदै नेपाल पुलिस क्लब तृतीय

    १० चैत काठमाडौँ ।आठौं आरबीबी  एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको खेलमा गण्डकी प्रदेशलाई ३-०  सेटले  हराउँदै  नेपाल पुलिस क्लब तृतीय भएको छ ।आज शनिबार त्रिपुरेश्वर दशरथ रंगशाला राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा पुलिसले गण्डकीलाई २५–१६, २५–२० र २९–२७ ले हराउँदै  पुलिस क्लबले तृतीय स्थान बनाएको हो ।

    images

    नेपाल पुलिस क्लबले हिजो  शुक्रबार भएको सेमिफाइनल खेलमा  त्रिभुवन आर्मी क्लबसँग ३–२ सेटले पुलिस क्लब फाइनलमा पुग्न नसकेको हो । अर्को टीम गण्डकी  प्रदेशलाई  टिपटप हेल्प नेपालले ३-० को सोझो सेटमा पराजित हुँदै बाहिरिएको थियो ।

    images
    images
    images

     महिलातर्फको फाइनल खेल नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लबबीच दिउँसो १ बजे र पुरुषतर्फको  फाइनल खेल त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच दिउँसो ३ बजे  हुने भएको छ ।

    प्रतियोगिताको दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर,स्पाईकर,लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।

    प्रकाशित मिति :चैत्र १०, २०८० शनिवार - १३:००:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको