Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राखेप कर्मचारी संघद्वारा पूर्व मन्त्री र राखेप पदाधिकारी सम्मानित

राखेप कर्मचारी संघद्वारा पूर्व मन्त्री र राखेप पदाधिकारी सम्मानित

जोईन खबर

१०, चैत्र २०८०
  • 748
    SHARES
  • राखेप कर्मचारी संघद्वारा पूर्व मन्त्री र राखेप पदाधिकारी सम्मानित


    १० चैत काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले युवा तथा खेलकुद पूर्व मन्त्री डिगबहादुर लिम्बू, राखेपका पदाधिकारीलगायतलाई एक कार्यक्रमबीच शुक्रबार सम्मान गरेको छ ।

    images

    कर्मचारी संघले राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य प्रकाशकुमार कुसारी, अञ्जन धमला, पेमा डोल्मा लामा, श्रीमान थापा मगर, चन्द्र बदना राई, दीपेन्द्र विष्ट, लेखबहादुर क्षेत्री र विना श्रेष्ठ, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल र पदपूर्ति समितिका सदस्य वृजेन्द्र हमाललाई कदरपत्रसहित सम्मान गरेको हो ।उनीहरुलाई राखेपमा विभिन्न तहमा कार्यरत कर्मचारीहरुको लामो समयदेखि रोकिएको बढुवा तार्किक निष्कर्षमा पु¥याउन महत्वपूर्ण योगदान पु¥याएवापत सम्मान गरिएको हो ।

    images
    images
    images

    युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उनीहरुलाई सम्मान गर्दै कर्मचारी संघले पूर्व मन्त्रीलगायतको कामको मुल्यांकन गरी सम्मान गर्ने कार्य प्रशंसनीय कार्य भएको बताए ।सोही अवसरमा राखेप कर्मचारी संघका पूर्व पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।

    सम्मानितहरुमा पूर्व अध्यक्ष नारायणदेव राणा र रञ्जन थापा, महासचिव फणिन्द्रप्रसाद पौडेल, पूर्व उपमहासचिव डिल्लीराम काफ्ले, पूर्व सचिव दिपकबहादुर सिंह, पूर्व वरिष्ठ उपाध्यक्ष्ना कर्मबहादुर सिंह, पूर्व उपाध्यक्ष राजु महर्जन, लक्ष्मण योगी र आश्रम केसी, पूर्व सदस्यहरु मातृकाप्रसाद दाहाल, धर्मराज ओझा, भुवनबहादुर थापा, सन्तोषी वैद्य, झुनादेवी शर्मा, ओमकार गिरी, उत्तमबहादुर रिमाल, सुदिल विक, हरिबहादुर भुजेल र फणिन्द्र पछाईं रहेका छन् । उनीहरुलाई कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी, महासचिव कुमार बस्नेतलगायतका पदाधिकारीले सम्मान गरे ।  

    प्रकाशित मिति :चैत्र १०, २०८० शनिवार - २१:४८:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको