Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गाेरखाकाे बारपाक इङ्लिस बोर्डिङ स्कुलमा आगलागी ,अफिस कोठामा रहेको सबै सामान जलेर नष्ट

गाेरखाकाे बारपाक इङ्लिस बोर्डिङ स्कुलमा आगलागी ,अफिस कोठामा रहेको सबै सामान जलेर नष्ट

जोईन खबर

११, चैत्र २०८०
  • 820
    SHARES
  • गाेरखाकाे बारपाक इङ्लिस बोर्डिङ स्कुलमा आगलागी ,अफिस कोठामा रहेको  सबै सामान जलेर नष्ट

    ११ चैत काठमाडौँ । गोरखाको  बारपाक सुलिकोट गाउँपालिका वडा न - २ को बारपाक इङ्लिस बोर्डिङ स्कुलमा  हिजो भीषण आगलागी भएको छ । हिजो  शनिबार राती तीन बजे तिर आगलागी भएको स्कुलका  अध्यक्ष गौतम गुरुङले बताए ।अध्यक्ष  गुरुङ अनुसार आगलागीबाट स्कुलको अफिस कोठामा रहेको प्रिन्टर, मन्टेस्वरीका बालबालिकाका लागी प्रयोग हुने शैक्षिक सामग्री, म्याट सबै जलेर नष्ट भएको पनि सोही कार्यालयमा  रहेएको परिक्षाको उत्तरपुस्तिका भने केही नभएको बताए । 

    images

    आगलागीको कारण खुल्न नसकेपनि त्यस ठाउँकाे घटना हेर्दा काेही कसैले लगाएकाे जस्ताे देखिएकाे  बताए ।  राती आगलागी भएपनि बिद्यालय खुल्ने समयमा मात्र थाहा भएको उनले जानकारी दिए । ‘राती नै आगलागी भएको रहेछ, तर एक जना सिस्टर स्कुल खोल्न जाँदा पो बल्ल थाहा भयो, उहाँ पुग्दा सामान जलेर नष्ट भइसकेको र आगो पनि निभिसकेको रहेछ,’ गुरुङले भने ।

    images
    images
    images

     जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रमेशकुमार श्रेष्ठले घटना शंकास्पद देखिएको बताए । उनका अनुसार घटनामा भएको क्षतिको विवरण भने एकिन भएको छैन । गत चैत ३ गतेको घटनामा संलग्न रहेको आशंकमा एक जनालाई प्रहरीले पक्राउ समेत गरेको थियो । उनलाई अहिले तारिखमा छाडिएको छ । अहिलेको घटनापनि शंकास्पद देखिएकाले थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए । उक्त बिद्यालय मन्टेश्वरी देखि ६ कक्षासम्म सञ्चालनमा छ । 

    प्रकाशित मिति :चैत्र ११, २०८० आइतवार - ०८:५५:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको