Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा २ सय भन्दा बढी पक्राउ

आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा २ सय भन्दा बढी पक्राउ

जोईन खबर

११, चैत्र २०८०
  • 715
    SHARES
  • आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा  २ सय भन्दा बढी पक्राउ

     ११ चैत काठमाडाैँ । काठमाडाैँमा आज   होली पर्वमा जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय भन्दा बढी पुरुष र महिला लाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

    images

    आज कानुन विपरीत काम गर्ने दुई सय ७७ जनालाई  नियन्त्रणमा लिएकाे प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले बताए । पक्राउ परेकाहरुको अवस्था हेरेर केहीलाई आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ ।यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज छ सय ६४ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

    images
    images
    images

    यसमा चारपाङ्ग्रे छ सय ४९ तथा दुई पाङ्ग्रे १५ वटा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट निगरानी गरिएको थियो । मापसे गरी सवारी साधन चलाउने तथा सवारी साधनका कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाउनेका सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । फागु पूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो । रासस

    प्रकाशित मिति :चैत्र ११, २०८० आइतवार - २१:४८:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको