१२ चैत काठमाडौँ । ललितपुरमा दुई समूह बिच झडप हुदा, दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका वडा न — २६ ढोलाहिटीमा हिजो हालीको दिन राति नौ बजे होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिएका हुन् ।
झगडा पछि घाइतेलाई राति ११ बजे पाटन अस्पतालमा पुराए पछि मात्र प्रहरीलाई खबर भएको थियो । प्रहरीले घटनास्थलबाट केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको बताए । उक्त घटना कसरी भयो , भने कारण खुल्न नसकेको जनाकारी आएको छ ।
घटनामा मृत्यु हुनेमा जिल्ला सुनसरीको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र जिल्ला पाँचथर घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए । उनीहरूको शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ । घटना सम्बन्धि थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिए ।