Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता बैशाख २ गते हुने

चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता बैशाख २ गते हुने

जोईन खबर

१२, चैत्र २०८०
  • 604
    SHARES
  • चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता बैशाख २ गते हुने

    १२ चैत काठमाडाैँ । चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता बैशाख २ गते कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा हुने भएको छ ।नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सह आयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को सहयोगमा हुन लागेको प्रतियोगितामा ६ सय बढी खेलाडीको सहभागिता रहने तेक्वान्दोका मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।

    images

    क्योरोगी र पुम्सेमा गरी जम्मा ४४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । क्योरोगीको सिनियर पुरुष÷महिलामा समान ६–६ गरी १२ स्पर्धामा खेल हुनेछ । क्योरोगीकै जुनियर पुरुष÷महिलामा समान १०–१० गरी २० स्पर्धामा भिडन्त हुनेछ । पुम्सेको व्यक्तिगत, समूहगत र पेयरमा १२ स्पर्धामा खेलाडीले कौशल प्रदर्शन गर्ने छन् ।प्रतियोगिता दक्षिण कोरियाको सिओलमा अगष्ट २३ देखि २४ तारिखसम्म हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) का लागि खेलाडी छनोटको आधार समेत रहेको छ ।

    images
    images
    images

    समान ३–३ पुरुष÷महिला गरी जम्मा ६ खेलाडी दक्षिण कोरियामा हुने प्रतियोगिताका लागि छनोट हुने छन् ।व्यक्तिगत पुम्सेबाट १–१ पुरुष÷महिला खेलाडी छानिने छन् । सिनियरको स्पर्धाबाट समान २–२ पुरुष÷महिला गरी ४ खेलाडीले दक्षिण कोरियाको टिकट पक्का गर्ने छन् । सिनियर तौलसमूहका स्वर्ण विजेतालाई ओलम्पिक तौलसमूहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइने छ । त्यो प्रतिस्पर्धामा समान २–२ पुरुष÷महिला स्वर्ण विजेताले दक्षिण कोरियामा हुने प्रतियोगितामा सहभागिताको अवसर पाउने छन् ।छनोट हुने ६ खेलाडीले जनही ५० हजार नगद पुरस्कार पाउने छन् ।

    शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट प्रशिक्षक र निर्णायकलाई पनि जनही १० हजार नगदबाट पुरस्कृत गरिने   छ ।एकदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । ६ वटा एरिना तयार गरी खेल खेलाइने मुख्य प्रशिक्षक श्रेष्ठले जानकारी गराए । प्रतियोगिता सञ्चालन गर्न ५० निर्णायक परिचालन गरिने बताइएको छ ।राष्ट्रिय प्रतियोगितालाई लक्षित गरी रेफ्री रिफ्रेसर कोर्स पनि शनिबार सम्पन्न भएको छ । पेप्सीकोलास्थित कोटेश्वर तेक्वान्दो डोजाङमा भएको रेफ्री रिफ्रेसर कोर्स अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले सञ्चालन गरेका थिए ।

    प्रकाशित मिति :चैत्र १२, २०८० सोमवार - १०:५३:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको