Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज तराई प्रदेशको मधेसमा हर्षोल्लासपूर्वक मनाइँदै

आज तराई प्रदेशको मधेसमा हर्षोल्लासपूर्वक मनाइँदै

जोईन खबर

१२, चैत्र २०८०
  • 661
    SHARES
  • आज तराई प्रदेशको मधेसमा हर्षोल्लासपूर्वक मनाइँदै

    १२ चैत काठमाडौँ । आज तराई प्रदेशको मधेसमा  रङहरूको पर्व होली  हर्षोल्लासपूर्वक मनाइँदै छ । यस पर्व हिमाली तथा पहाडी जिल्लामा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्परा रहेको हुदा  आज तराईमा होली मनाउन लागिएको हो । उक्त पवैको लागि सरकारले हिमाली र पहाडी जिल्लामा हिजो बिदा दिएको छ भने।,आज तराईका  सबै जिल्लमा सार्वजनिक बिदा दिएको छ ।

    images

    आज विशेष होली बिदा हुने ठाउँहरुमा नवलपरासी, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ ।आजको दिन सबै प्रकारका भेदभावलाई भस्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वको रूपमा लिने गरिन्छ ।

    images
    images
    images

    सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित बुद्धिसागर भण्डारीले बताए । प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको भण्डारीले बताए । 

     

    प्रकाशित मिति :चैत्र १२, २०८० सोमवार - ११:२५:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको