१२ चैत काठमाडौँ । नेपालले पहिलो टी २० अभ्यास खेलमा आयरल्यान्ड ‘ए’लाई ६ विकेटले हराएको छ । खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदान जितको लागि १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी २० रनमा नट आउट रहे ।ओपनर आसिफ शेख १६ रनमा, कप्तान रोहित पौडेल शून्य र गुलशन झा ४ रन बनाएर आउट भएका थिए । यसमा सन्दीप जोराले ३६ रन बनाए ।उनले चौथो विकेटका लागि सन्दीप र कुशल भुर्तेलले ५४ रनको साझेदारी गरेका थिए ।
आयरल्यान्डका ग्यारेथ डेलानीले २, बेन ह्वाइट र थोमस मेयसले १र१ विकेट लिए ।नेपालका कुशल भुर्तेल, गुलशन झा र ललित राजवंशीले २–२ विकेट लिए । करण केसी र कुशल मल्लले १–१ विकेट लिएका थिए । दोस्रो खेल मंगलबार हुनेछ । त्यसपछि आयरल्यान्ड ए ले नेपाल ए सँग समान तीन टी२० र एकदिवसीय अभ्यास खेल खेल्नेछ ।