१३ चैत काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच शिष्टाचार भेटवार्ता गरेका छन् । हिजो सोमबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति, साथै विपिन जोशीको सुरक्षित नेपाल फर्काई लगायतका विविध विषयमा छलफल भएको थियो।
राजदूत हनान गोदरले गृहमन्त्री नियुक्त भएकोमा लामिछानेलाई बधाई दिँदै उनले विपिन जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको बताएका थिए ।
बेपत्ता भएका विपिन र ज्यान गुमाउने अन्य १० जना नेपालीको परिवारलाई इजरायल सरकारले राहत स्वरुप भत्ता उपलब्ध गराउन थालेको पनि राजदुतले जानकारी दिए।गृहमन्त्री लामिछानेले इजरायल र प्यालेस्टाइन बीचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना समेत ब्यक्त गरेका थिए ।