१३ चैत काठमाडौँ । गोरखामा पाँच वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक बालकलाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ । उक्त करणीमा पक्रउ पर्नेमा गोरखा नगरपालिका — १२ का १२ बर्षीय नाम परिर्बतित ण कुमार रहेको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी नायब उपरीक्षक सुचना अधिकारी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरी श्रेष्ठका अनुसार नाम परिर्बतित ष कुमारीलाई उही ११ गते साँझको समयमा खेल्न भनी घर बाहिर रहेकी बालिकालाई बालकले ललाइफकाई गरी जबर्जस्ती करणी गरेको पीडितकी आमाले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।
उक्त बालकलाई जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गर्न म्याद थप गरेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।