१३ चैत काठमाडौँ । नेपालले आजको टि २० अभ्यासको दोस्रो खेल पनि आयरल्यान्डलाई सजिलै हराएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन जोडेको थियो । आज भएको दोस्रो खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्डसंग १ सय ९९ को लक्ष्य नेपालले आयरल्यान्डले १९ ओभरमा १ सय २७ रन बनाउदा नेपालले ७२ रनले टि २० सिरिजमा जित हासिल गरेको हो ।
हिजो खेलेको पहिलो खेलमा नेपालले ६ विकेटको जित निकालेको थियो ।मंगलबार भएको खेलमा आयरल्यान्डलाई १९ औं ओभरमा नेपालले लगातार ३ विकेट लिँदै आयरल्यान्डलाई अलआउट गर्यो । नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले ३. ३ विकेट लिए । विवेक यादव, कुशल भुर्तेल र करण केसीले १.१ विकेट हात पारे ।नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन जोड्दा अन्य ३ ब्याटरले २५ रनको आँकडा पार गरेका थिए ।
ओपनर आसिफ शेख ११ रन जोडेका उनी विकेटकिपरको हातबाट समातिए ।पाँचौ ओभरमा अर्का ओपनर कुशल भुर्तेलले २५ रन जोडेका थिए । सातौं ओभरमा अनिल शाहले १२ रन जोड्दै विकेटकिपरको हातबाट समातिए ।
त्यस पछि कप्तान रोहित पौडेल र गुलशन झाले ७१ रनको साझेदारी गरे ।कप्तान रोहित पनि १६ औं ओभरमा क्याच आउट नै भए र कप्तान रोहितले ३३ रन बनाएर आउट भएको हो ।कुशल मल्ल १८ औं ओभरमा क्याच आउट हुदा उनले ३४ रन जोड्ने क्रममा १ चौका र ४ छक्का प्रहार गरेका हुन् ।
विवेक यादवले ७ रन र सन्दीप जोराले २१ रन बनाइ इनिङको अन्तिम बलमा क्याच आउट हुन पुगे । आजको खेलमा नेपालको टोलीबाट रोहित पौडेल ९कप्तान०, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा मैदान थिए ।