Logo

बिहिवार, श्रावण १४ गते २०८३

विराटनगरबाट काठमाडौँ उडेको जहाजमा झडप ?

विराटनगरबाट काठमाडौँ उडेको जहाजमा झडप ?

जोईन खबर

२४, चैत्र २०७९
  • 733
    SHARES
  • विराटनगरबाट काठमाडौँ उडेको जहाजमा झडप ?

    २४ चैत काठमाडौ। बुधबार विराटनगरबाट काठमाडौँ उडेको  जहाजमा झगडा   गरी अभद्र व्यवहार गर्ने दुई यात्रुलाई गौसला प्रहरीले बिहीबार साँझ तारेखमा छाडेको छ ।

    images

    महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी सन्दीप बाबु खड्काका अनुसार दुवै जना यात्रुलाई सचेत गराई तारेखमा छाडिएको जानकारी दिनुभयो ।जग्गाको विवादले बुद्ध एयरको उडान नं. ७१० को जहाज भित्रै उनीहरूले झगडा गरेका थिए । 

    जहाज उडेको समयमा  अन्य यात्रुलाई समेत उडानमा प्रभावित बनाउने यी दुवै जना यात्रुलाई हवाई सुरक्षामा गम्भीर असर पुग्ने भएकाले सोही कारण जरिवाना, कैद वा उडानमै रोक लगाउन सक्नेसम्मका कारबाही हुन सक्ने प्रावधान रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भुलले बताउनुभयो । 

    प्रकाशित मिति :चैत्र २४, २०७९ शुक्रवार - ११:५०:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको