Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शहिद लखन गाउँपालिकाका समिरराज वाग्ले रकम ठगी गरेको आरोपमा पक्राउ

शहिद लखन गाउँपालिकाका समिरराज वाग्ले रकम ठगी गरेको आरोपमा पक्राउ

जोईन खबर

१४, चैत्र २०८०
  • 694
    SHARES
  • शहिद लखन गाउँपालिकाका समिरराज वाग्ले रकम  ठगी  गरेको   आरोपमा पक्राउ

    १५ चैत काठमाडौँ । जिल्ला  गोरखा शहिद लखन गाउँपालिका समिरराज वाग्लेसहित २ जनालाई प्रहरीले  रकम  ठगी  गरेको  आरोपमा पक्राउ गरेको छ ।  

    images

    पक्राउ पर्ने गोरखा शहिद लखन गाउँपालिका–८ घर भई  हाल काठमाडौं टोखा नगरपालिका–९ बस्ने २८ वर्षीय समिरराज वाग्ले र रूकुम चौरजहारी नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क बस्ने २६ वर्षीय खड्कबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

     गोरखाका वाग्लेले  वैदेशिक रोजगारमा  न्यूजिल्याण्ड पठाईदिन्छु भन्दै पीडितबाट १ लाख ५० हजार रूपैयाँ  रकम ठगी गरेको र खड्कबहादुरले रोमानिया पठाईदिन्छु भन्दै ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले समिरलाई काठमाडौं मनमैजु र खड्क बहादुरलाई काठमाडौं नयाँ बसपार्कबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

     

    प्रकाशित मिति :चैत्र १४, २०८० बुधवार - २२:४२:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको