Logo

बिहिवार, कार्तिक १३ गते २०८३

छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा भुपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा प्रवेश

छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा भुपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा प्रवेश

जोईन खबर

१५, चैत्र २०८०
  • 757
    SHARES
  • छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा भुपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा प्रवेश

    १५ चैत काठमाडाैँ । नेपाल प्रहरीका भुपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका खगेन्द्र रोका मगर छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।पुरुष ६३.५ केजीको भिडन्तमा साग स्वर्णधारी भुपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द, निश्चलले एपीएफका सोनाम सार्की र खगेन्द्र रोका मगरले मधेश प्रदेशका मृनाल जोशीलाई पराजित गरे ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ५१ केजीमा भुपेन्द्रका सहोदर भाइ चन्द्रबहादुर थापाले कोशी प्रदेशका फुङलाङ काम्बाङ, बागमती प्रदेशका लालप्रसाद उप्रेतीले लुम्बिनीका भरत पुन, आर्मीका विमल घर्ती मगरले कर्णाली प्रदेशका लक्ष्मण राई र मधेश प्रदेशका रविन थापाले एपीएफका प्रदीप महर्जनलाई हराउदै सेमिफाइनलमा स्थान बनाए ।

    images

    पुरुष ५७ केजीमा प्रहरीका निकेश देशारले एपीएफका पुरन राईबाट वाकओभर पाउदै सेमिफाइनल यात्रा तय गरे । सोही स्पर्धामा कर्णाली प्रदेशका सुलभ मालीले कोशीका डम्बरबहादुर श्रेष्ठ, सुदूरपश्चिमका विशाल जाग्रीले बागमतीका निराजन मोक्तान र आर्मीका प्रेम चौधरीले लुम्बिनी प्रदेशका मन्सुब बस्नेतलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।पुरुष ७१ केजीमा एपीएफका विक्रम चौधरीले मधेशका सुजित पराजुली तथा बागमतीका अश्विन धिरन श्रेष्ठले लुम्बिनीका मनोज श्रेष्ठलाई पन्छ्याउदै सेमिफाइनलमा पुगे ।

    images
    images
    images

    पुरुष ८० केजीमा सुदूरपश्चिमका बालाजी रावलले प्रहरीका प्रदीप पार्की तथा आर्मीका दिपेश लामाले एपीएफका सुमन कार्कीको चुनौती समाप्त पार्दै सेमिफाइनलमा प्रवेश गरे ।गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला ५० केजीमा बागमतीकी रमिशा श्रेष्ठले सुदूरपश्चिमकी सोनिया सेठ्ठी तथा आर्मीकी आरती ब्लोनले कोशीकी शिला राईलाई निराश पार्दै सेमिफाइनलमा पुगे ।

    महिला ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले एपीएफकी सर्मिला तामाङ तथा प्रहरीकी निशा तामाङले मधेशकी अन्शु केसीलाई पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । महिला ६० केजीमा आर्मीकी ललिता महर्जनले मधेशकी निश्मा गुरुङ तथा कोशीकी जोनु लिम्बूले सुदूरपश्चिमकी कविता सिंहलाई हराउदै सेमिफाइनलमा स्थान बनाउन सफल रहे । प्रतियोगिताअन्तर्गत बिहीबार पुरुषमा ९ र महिलामा १२ गरी जम्मा २१ खेल हुने आयोजकले जनाएको  छ ।

    प्रकाशित मिति :चैत्र १५, २०८० बिहिवार - १५:२५:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको