१५ चैत काठमाडौँ । धादिङ अस्पतालमा कार्यरत एकजना चिकित्सक छाउनीमा झुण्डियको अवस्था फेला परेकी छन् । काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा।प्रतिभा धौभडेल मृत भेटिएकी हुन् ।
उनी सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । ३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौँ आएकी हुन् । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ । उक्त घटना बारे थप विवरण आउन बाकी रहेको प्रहरीले बताए ।