१६ चैत काठमाडौँ । देशभर आइतबारदेखि परेको हल्का वर्षासहित मौसममा सुधार हुदै आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम भोलि शनिबारसम्म बदली रहने र आइतबारदेखि सुधार हुने जनाएको छ ।
न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा सुधार हुने महाशाखाको पूर्वानुमान छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ”, उनले भने, “भोलिसम्म मौसम बदली भइरहन्छ भने आइतबारदेखि सुधार हुनेछ ।
महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।