१६ चैत काठमाडौँ । हिजो राति काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं नै अवतरण भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका वाइडबडी ए-३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाज काठमाडौं फिर्ता ल्याइएको प्रवक्ता सुवास झाका बताउनु भयो ।
उक्त जहाजको नाइनएन–एएलवाई जहाजमा हाइड्रोलिकमा समस्या देखिएपछि सजिलै संग काठमाडौंमा अवतरण समेत जानकारी दिनु भयो । जहाजको ७० नटिकल माइल उडेपछि काठमाडौं आएको रेकर्ड समेत भएको बताउनु भयो । जहाज बिहान ३ बजेको समयमा काठमाडौंमा अवतरण गरिएको हो ।
उक्त यात्रुालाइ रात्री बिसान गरेको अर्को जहाज नाइनएन–एएलजेडले लिएर उडेको प्रवक्ता झाले जानकारी दिए । दोहा जान उडेको जहाज काठमाडौँ फिर्ता आए पनि अहिले भने बनेर पनि आज नै दिल्ली उडानको लागि तयार गरिएको छ । जहाजमा समस्या आए पनि अन्तर्राष्ट्रिय विमानस्थलको सेड्युल परिर्वत गर्न नपर्ने नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेले जानकारी दिए।