१६ चैत काठमाडौँ । वन डढेलोमा परी जलेर गम्भीर घाइते भएकी भण्डारीको उपचारक्रमा मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले जलेर घाइते भएकी शिखर नगरपालिका वडा न ४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीकोउपचारका क्रममा आज मृत्यु भएको हो ।
उनीहरु २५ जनाको समूह पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न जानुभएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते हुनुभएको थियो ।
उहाँलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिए पनि भण्डारी निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताउनुभयो ।