१६ चैत काठमाडाैँ । बाबुको किरिया बसेका संगम क्षेत्री र सौगात क्षेत्रीले एसईई परीक्षा दिएका छन्। स्याङ्गजाको पुतलीबजार नगरपालिका- ४ सरस्वति माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट अंग्रजी विषयको परीक्षा दिएका हुन्।
बाबुको किरिया बसेको चौथो दिने आज अंग्रेजी विषयको पहिलो परीक्षा दिएका संगमको ०४३००५६५ आई र सौगातको ०४३००५६८ एल सिम्बोल नम्बर रहेको छ।फेदिखोला गाउँपालिका -४ का बासिन्दा उनीहरू सिदार्थ मावि फेदिखोलाका विद्यार्थी हुन्।