Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चन्दनपुरमा  मोटरसाइकल दुर्घटना हुँदा शिक्षक बजगाईँको मृत्यु

चन्दनपुरमा  मोटरसाइकल दुर्घटना हुँदा शिक्षक बजगाईँको मृत्यु

जोईन खबर

१६, चैत्र २०८०
  • 946
    SHARES
  • चन्दनपुरमा  मोटरसाइकल दुर्घटना हुँदा शिक्षक बजगाईँको मृत्यु


    १६ चैत काठमाडौँ । मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु भएको छ । ललितपुरको महाङ्काल गाउँपालिका वडा न ५ चन्दनपुरमा गएराति बतासेडाँडाबाट चन्दपुर जाँदै गरेको बा।९४ प ६३४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना  हुँदा  एक जना शिक्षकको मृत्यु भएको हो ।

    images

    दुर्घटनामा परी मृत्यु हुनेमा महाङ्काल गाउँपालिका चन्दनपुर बस्ने ५२ वर्षीय रमेश बजगाईँ रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए ।

    images
    images
    images

    दुर्घटनामा मृत्यु हुने शिक्षक रमेश बजगाईँ बाग भैरव माविमा कार्यरत  थिए । दुर्घटना भएको  मोटरसाइकल  शिक्षक बजगाईं आफैले चलाएका  थिए । उक्त शिक्षकको शव अहिले पोष्टमार्टमका लागि पाटन अस्पतालमा लगिएको प्रहरी बताएको छ ।

    प्रकाशित मिति :चैत्र १६, २०८० शुक्रवार - १५:५०:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको