१६ चैत काठमाडौँ । नेपाल ए आयरल्याण्ड ‘ए’ संग पराजित भएको छ । आज शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको टी-२० मा नेपाल ‘ए’लाई २१ रनले पराजित गर्दै आयरल्याण्ड ‘ए’ ले पहिलो जित हात पारेको हो ।
पहिले बलिङ गरेको नेपाल ए लाइ आयरल्याण्ड ए ले २२३ रनको लक्ष्य दिएको थियो । नेपालले अन्तिम ३ बल खेल्नु अगाडि नै सबै विकेट गुमाएर २०१ रन बनायो । नेपालका लागि ओपनर लोकेश बमले १०६ रन बनाएका थिए ।
लोकेश र आरिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपाल १८९र३ को अवस्थामा थियो । तर १३ रन जोड्दा ७ विकेट गुमायो । १६औं ओभरको अन्तिम बलमा बमलाई गुमाएको नेपालले एकपछि अर्को विकेट गुमाएको थियो ।आयरल्याण्ड ए ले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो ।