१६ चैत काठमाडाैँ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थित लिदिखोलामा जडान गरिएको विद्युत्को ट्रान्सफर्मर चोरी भएको छ ।
विद्युत् प्रवाह गर्नका लागि लगाइएको सिंगै ट्रान्सफर्म नै चोरी भएको वडाध्यक्ष राम गुरुङले जानकारी दिए ।उनीहरूले पोलमै रहेको ट्रान्सफर्मर बिहीबार चाेरी भएकाे हाे ।अन्य उपकरण पनि भुइँमा छरिएका छन् यस वडाले हालसम्म ल्वाङमा रहेको ट्रान्सफर्मरबाट विद्युत् उपभोग गर्दै आएको थियो ।
वडाको सिफारिसमा नेपाल विद्युत् प्राधिकरणले गत मंसिरमा ट्रान्सफर्मर राखेको थियो ।चोरीको विषयमा प्रहरीलाई जानकारी गराइएको गुरुङले जानकारी दिए ।