Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पाल्पामा हावाहुरीले रुख पल्टाउँदा स्कुटरमा सवार एकको मृत्यु , एक जना सामान्य घाइते

पाल्पामा हावाहुरीले रुख पल्टाउँदा स्कुटरमा सवार एकको मृत्यु , एक जना सामान्य घाइते

जोईन खबर

१७, चैत्र २०८०
  • 811
    SHARES
  • पाल्पामा हावाहुरीले रुख पल्टाउँदा स्कुटरमा सवार एकको मृत्यु , एक जना सामान्य घाइते

    १७ चैत काठमाडाैँ । पाल्पामा हावाहुरीले रुख पल्टाउँदा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ ।डुम्रे नजिकै जरे पिपलमा बाटोमा सल्लाको रुख पल्टेर लाग्दा स्कुटर चालक पाल्पा कैलाशनगरका २ २० बर्षिय भुवन सिंजालीको घटनास्थलमै ज्यान गएको  हाे  ।

    images

    लु ८१प ११३६ नम्बरको स्कुटर चालक भुवन पाल्पाबाट बुटवलतर्फ आउँदै थिए । हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर  र एकमाेटरसाइकल पनि पल्टिएको पाल्पा प्रहरीले जनाएको छ ।

    images
    images
    images

    पानीसहित आएको हावाहुरीले रुख पल्टाएका  कारण अहिले पाल्पा-बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ  । स्कुटरमा सवार अर्का एक जना सामान्य घाइते भएका छन् ।

    प्रकाशित मिति :चैत्र १७, २०८० शनिवार - २२:०८:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको