१९ चैत काठमाडौँ । जिल्ला गोरखाको बारपाक सुलिकोट गाउँपालिका र धार्चे गाउँपालिकामा हिजो परेको लगातार बर्षाले अन्नबाली तरकारी , फलफूलमा तथा मोटर बाटोमा क्षती पुराएको छ । बारपाकमा शनिबार साँझ पाँच बजेदेखि छ बजेसम्म परेको मुसलधारे असिनापानीपछि आएको बाढीले हिमालय माध्यमिक विद्यालयको भवनमा क्षति पुगेको हो ।
विद्यालय परिसरभित्र बाढी पसेर क्षति पु¥याएको व्यवस्थापन समितिका अध्यक्ष उत्तम विकले जानकारी दिए । जस्ताले बारेर बनाएको क्याण्टिनभित्र बाढी पसेर बगाएर लगेको उनले बताए । बाढीले स्कूलखोला तारबार भत्काएर स्कूलभित्र पसेको व्यवस्थापन समितिका अध्यक्ष विकले बताए । स्कुलको कम्पाउण्ड तारबार ढलेर स्कुल क्याण्टिनको भाँडाकुँडा, ग्याँस सिलिण्डर बगाएर लगेको छ । आँगनभरि बाढीले ढुंगामुढा थुपारेर बगर बनाएको छ ।

लगातार बर्षाले बारपाक सुलिकोट गाउँपालिका बारपाक र रन्चोक कुलगाउँमा अन्नबाली तरकारी , फलफूल तस्वीर : Sulikot TV
हिजोको असिनापानीले बारपाकमा भित्र्याउने बेला भएको गहुँ, जौ, आलुबारी, ‘भर्खर दुईपाते भएर उम्रिएको मकै माटोमा मिलाइदियोको वडा अध्यक्ष धनबहादुर घले जनाकारी दिए । मुखमा आएको मुख्यबालीहरु नष्ट भएपछि स्थानीयबासी चिन्तित भएका छन् । सरकारले राहत दिनुपर्छ भनेर किसानको माग छ’, उनले भने, ‘गाउँपालिकाका अध्यक्षलाई गाउँको अबस्था अवलोकन गर्न बोलाएका छौँ ।पानीका कारण अाउन सक्नु भएकाे छैँ ।

बाढी कारण क्षतिग्रस्त रहेका हिमालय मावि बारपाक तस्वीर : पुरबहादुर गुरुङ
तीनघण्टासम्म अबिरल बर्षा भए पनि एकघण्टा भीषण असिनापानी परेको उनको भनाइ छ ।पानीचाहिँ बिहानदेखि बेलुकासम्म निरन्तर परेको हो । अर्काको पालिका धार्चे गाउँपालिकामा पनि असिनापानीले लाप्राक, गुम्दा, सिङ्ला, यमगाउँ, लप्सीबोट, खानीवेशी, लापुगाउँ, खानीगाउँमा पनि अन्नबाली र सडक संरचनामा ठूलो रुपमा क्षति पु¥याएको छ ।अन्नबालीमा गहुँ, जौ, आलु, मकैमा क्षती पुराएको छ । हिजोको असनापानी र भेलबाढीले केही बाँकी राखेको छैन’ वडा नं ४ लाप्राकका स्थानीय राम गुरुङ बताएका छन् ।
किसानहरु अब सरकारबाट राहत, क्षतिपूर्तिको मुख हेरेर बसेका उनले बताए ।धार्चेको वडा नं ५ को सिङ्लाका किसानहरुको ५५ वटा भेँडा हराएको वडाअध्यक्ष भीमप्रसाद गुरुङले जानकारी दिए । अरु क्षतिको यकिन विवरण आएको छैन। क्षती यकिनको लागि आजमा थाहा हुने बताए । असिनापानीसंगै आएको बाढी र भेलले आलुबारी बगाएर पनि लगेको छ ।

खानीवेशीमा विराज तामाङको घर धार्चेमा आतजाउत गर्ने मोटर बाटो समेत बगाएको धार्चेका राज गुरुङ्गले जानकारी दिए । धार्चे ७ लापु गाउँमा निर्माणाधीन घाँटुघर समेत भत्किएको वडाअध्यक्ष राकेश गुरुङले जानकारी दिए । असिनापानीले खानीगाउँका सचिन गुरुङको घर पनि पहिरोले क्षति पु¥याएको बताए । अहिले धार्चेमा मोटर बाटोको काम तिव्र गति भई रहेको छ ।

धार्चे गाउँपालिकामा हिजोको असिनापानीले मोटर बाटोमा क्षती भए पछि बनाउने काम हुदै तस्विर : राज गोरखाली