Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू खोल्न चीन पक्ष तयार : परराष्ट्रमन्त्री श्रेष्ठ

नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू खोल्न चीन पक्ष तयार : परराष्ट्रमन्त्री श्रेष्ठ

जोईन खबर

१९, चैत्र २०८०
  • 799
    SHARES
  • नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू खोल्न चीन पक्ष तयार :  परराष्ट्रमन्त्री  श्रेष्ठ

    १९ चतै काठमाडाैँ । कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथास्थितमा  खोल्न चीन पक्ष तयार भएको उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताए ।  परराष्ट्रमन्त्री  श्रेष्ठ एक हप्ताकाे  चीन भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरुसँग  कुराकानी गर्दै उनले यि कुराहरू बताएका हुन् । 

    images

    उपप्रधानमन्त्री श्रेष्ठले बताए अनुसार  कोभिड महामारीमा बन्द रहेका नाकाहरू जसमा  रसुवागढी–केरुङ, तातोपानी–झाड्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेको उल्लेख गर्दै आफूले चीन भ्रमणका क्रममा कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथशिघ्र खोल्न गरेको आग्रहलाई चीन पक्षले स्वीकारेको बताए । 

    images
    images
    images

    उपप्रधानमन्त्री श्रेष्ठले नेपाल–चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरूमा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्र मन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको बताए ।चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन अनुरोध गरेकोमा चीन पक्षले सकारात्मकता देखाएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । नेपाल–चीनबीच भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयन गरी तथा विद्यमान संयन्त्रहरूको नियमित बैठक बसी आपसी सहयोगलाई थप गतिशील बनाउन दुवै पक्ष सहमत भएको उनले बताए। 

    प्रकाशित मिति :चैत्र १९, २०८० सोमवार - १४:०७:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको