Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय खेलकुद परिषद्को ६० औं वार्षिकोत्सव प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा मनाउने

राष्ट्रिय खेलकुद परिषद्को ६० औं वार्षिकोत्सव प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा मनाउने

जोईन खबर

१९, चैत्र २०८०
  • 676
    SHARES
  • राष्ट्रिय खेलकुद परिषद्को ६० औं वार्षिकोत्सव  प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा  मनाउने
    १९ चैत काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सव राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा बुधबार हुँदै छ । राखेपले आफ्नो ६० औं वार्षिकोत्सव विविध कार्यक्रमसहित भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मनाउने कार्यक्रम रहेको छ ।कार्यक्रममा विभिन्न ६ विधामा १८ अवार्ड प्रदान गरिने छ ।
     
    सिनियर÷जुनियर समान २–२ गरी ४ खेलाडी, ८ कर्मचारी (२ करार कर्मचारीसहित), १ पारा खेलाडी र २ खेल पत्रकारलाई अवार्डसहित नगदबाट पुरस्कृत गरिने छ । त्यस्तै खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत समान १–१ स्थानिय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई पनि सम्मान गरिने छ ।सदस्य–सचिव टंकलाल घिसिङ राखेपको नेतृत्वमा आएदेखि वार्षिकोत्सवमा थप नयाँ विधाको अवार्ड थप गरिएको थियो ।
     
    खेलाडी अवार्ड, करार कर्मचारी अवार्ड र स्थानिय तह अवार्ड ५९ औं संस्करणदेखि थपिएको हो ।कार्यक्रममा वरिष्ठ हांस्य कलाकार हरिवंश आचार्य, लोकप्रिय गायक राजेशपायल राई र नृत्यकार सरोज प्रजा र विना रावतको आकर्षक प्रस्तुती रहने छ । कार्यक्रम अपरान्ह ३ः३० बजेदेखि सुरु हुनेछ ।

     

    images

    प्रकाशित मिति :चैत्र १९, २०८० सोमवार - १६:१५:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको