Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रदेशमा आज चार जना नयाँ मन्त्री नियुक्त , दिउँसो ३ बजे शपथ खुवाउने तयारी

प्रदेशमा आज चार जना नयाँ मन्त्री नियुक्त , दिउँसो ३ बजे शपथ खुवाउने तयारी

जोईन खबर

२०, चैत्र २०८०
  • 658
    SHARES
  • प्रदेशमा आज चार जना नयाँ मन्त्री नियुक्त ,  दिउँसो ३ बजे शपथ खुवाउने तयारी

    २० चैत काठमाडौँ । बागमती प्रदेशमा आज थप चार जना नयाँ मन्त्री नियुक्त हुने भएको छ । अहिले नयाँ बनेको सत्ता समिकरणबाट नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सरकारले आज  दिउँसो ३ बजे चार मन्त्रीहरूलाई  शपथ खुवाउने तयारी गरिएको छ ।

    images

    चारैजना मन्त्री एमालेबाट नियुक्त हुन लागेका हुन् । २५ पुसमा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिन लागेको एमाले स्रोतको भनाइ छ । थप एक जना पहिलो पटक मन्त्री बन्दैछन् ।

    images
    images
    images

    मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्ने तयारी गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । 


     

    प्रकाशित मिति :चैत्र २०, २०८० मंगलवार - १३:३०:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको