Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पालुङटारमा २ दिने निशुल्क वृहत आँखा तथा मोतियाविन्दुको नि शुल्क शल्यक्रिया कार्यक्रम सम्पन्न

पालुङटारमा २ दिने निशुल्क वृहत आँखा तथा मोतियाविन्दुको नि शुल्क शल्यक्रिया कार्यक्रम सम्पन्न

जोईन खबर

२०, चैत्र २०८०
  • 721
    SHARES
  • पालुङटारमा २ दिने निशुल्क वृहत आँखा तथा मोतियाविन्दुको नि शुल्क शल्यक्रिया कार्यक्रम सम्पन्न

    २० चैत काठमाडौँ । गोरखाको  पालुङटार नगरपालिकामा  २ दिने निशुल्क वृहत आँखा जाँच शिविर तथा मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार पालुङटार नगरपालिका गोरखाको समन्वय तथा आँपपिपल अस्पताल गोरखाको सह आयोजना र कर्माफ्लाइट्स फाउन्डेशन नेपाल कास्की पोखराको आयोजना तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा २ दिने निशुल्क वृहत आँखा जाँच शिविर सम्पन्न भएको हो ।

    images

    434766967_385543730991908_4925043316721493909_n.jpg

    images
    images
    images

    उक्त  २ दिने निशुल्क वृहत आँखा जाँच शिविर तथा मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रममा पालुङटार नगरपालिकाका ७७६ जना, लम्जुङको राइनास नगरपालिकाका ४७१ जना र सिरानचोक गाउँपालिकाका ५१७ जना गरी जम्मा १७६४ जनाले सेवा लिएको पालुङटार नगरपालिकाले जनाएको छ ।  परिक्षणमा मोतियाबिन्दु रोगी जम्मा १२१ जना मध्ये  राइनास नगरपालिकाका २६ जना, सिरानचोक गाउँपालिकाका ६७ जना र पालुङटार नगरपालिकाका २१ जना रहेको  नगरपालिकाले बताएको छ ।

    434754779_385543597658588_3626302494628817177_n.jpg 

    आँखा चेकजाँच गर्दै तस्विर : विवस चिन्तन सचिवालय

    यस शिविरमा मोतियाविन्दुको सफल शल्यक्रियामा तीन पालिका भित्रबाट  जम्मा  ४९ जना  मध्ये राइनास नगरपालिका बाट महिला १० जना पूरुष ९ जना जम्म १९ जना, सिरानचोक गाउँपालिका महिला २ जना, पूरुष १२ जना जम्म १४ जना र पालुङटार नगरपालिका  महिला ८ जना, पूरुष  ८ जना  गरी जम्मा १६ जना गरी २ दिन भित्रमा  मोतियाविन्दुको शल्यक्रिया  ४९ जनाले गरेका थिए ।

    434734931_385543694325245_387992664822078643_n.jpg

    शिविरमा मोतियाविन्दुको सफल शल्यक्रिया भएका बिरामिहरू  तस्विर : विवस चिन्तन सचिवालय

      

     

     

     

     

     

     

     

    प्रकाशित मिति :चैत्र २०, २०८० मंगलवार - १४:५२:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको