२० चैत काठमाडौँ । त्रिकोणात्मक टि २० शृंखलाको आज दोस्रो खेलमा नेपालले बरोडाविरुद्ध जितको लागि १५७ रनको लक्ष्य दिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले बरोडा टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाउको थियो । उक्त खेलमा नेपालका लागि कुशल मल्लले ४० रन बनाए ।
दीपेन्द्र सिंह ऐरी ५ रनमा नटआउट, कुशल भुर्तेल टोलीले १४ रन आशिफ शेख ९ रन नै बनाएर आउट भए । दुवै ओपनर बाबा खानको बलमा आउट भएका थिए ।त्यस पछि कप्तान रोहित कुमार पौडेलले १८ रन,अनिल शाहले २५ रन बनाउदा परीक्षित पतीडरको बलमा क्याच आउट भएका हुन् । नेपालले छैठौं बलमा गुलशन झा १३ रन बनाएका थिए, त्यसै क्रममा सन्दिप जोरा र कुशल मल्ल मिलेर ४८ रनको साझेदारी गरेका थिए ।
सन्दिप १८औं ओभरमा २९ रन बनाएर रन आउट भएपछि साझेदारी तोडिएको थियो ।बरोडाका लागि बाबा खानले २ तथा परीक्षित पतिडर र मोहित मोङ्गियाले समान ११ विकेट लिए । नेपाली टोलीहरुमा कप्तान रोहित पौडेल , आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा मैदानमा थिए ।