२१ चैत काठमाडौँ । आज सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम भइ कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज छापावाला सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ, भने त्यस्तै तेजावी सुन तोलामा १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ । सुन अहिले सम्मकै सबै भन्दा उच्च मूल्य पुगेको हो ।
हिजो मंगलबार प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एकैदिन तोलामा १८ सय रुपैयाँले बढेर कारोकार भईरहेको संघले बताएको छ ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी पनि आज १० रुपैयाँले बढेर कारोवार भएको हो ।