Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ट्याक्सी दुर्घटनामा  त्रिशुलीमा खसेर बेपत्ता भएका विवश रोकाको शव फेला 

ट्याक्सी दुर्घटनामा  त्रिशुलीमा खसेर बेपत्ता भएका विवश रोकाको शव फेला 

जोईन खबर

२१, चैत्र २०८०
  • 730
    SHARES
  • ट्याक्सी दुर्घटनामा  त्रिशुलीमा खसेर बेपत्ता भएका विवश रोकाको शव फेला 

    २१ चैत काठमाडौँ । ट्याक्सी दुर्घटनामा त्रिशुलीमा खसेर बेपत्ता भएका विवश रोकाको शव चारदिन पछि  त्रिशुलीको किनारमा फेला  परेको छ । केही दिन अगाडी बुबाको मृत्यु पछि  पशुपति आर्यघाटमा दाहसंस्कार गरेर गोरखा फर्कने क्रममा  ट्याक्सी दुर्घटना हुदा  त्रिशुलीमा खसेर बेपत्ता भएका १८ बर्षीय विवश रोकाको  शव आज चारदिनपछि त्रिशुलीको किनारमा  फेला परेको छ ।

    images

    दुर्घटना पृथ्वीराजमार्गको सडक खण्डमा काडमाडौँदेखि गोरखा जादै गरेको बा २ ज ४१९६ नंबरको ट्याक्सी सिमलधाराबाट त्रिशुली नदिमा खस्दा बेपत्ता भएका गोरखा नगरपालिका ७ पौवाखेतका विवश रोकाको शव बुधबार बिहान आठ बजे त्रिशुली किनारमा फेला परेको प्रहरीले जनाएको छ । बेपत्त शव कालीखोलास्थित त्रिशुली किनारमा फेला परेको गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । अहिले उनको शव सनाखत गरी गोरखा आफनै घर तिर लागिएको डिएसपी श्रेष्ठले  बताए ।

    images
    images
    images

    अब उक्त फेला परेको शव केही बेरमा गोरखा अस्पातलमा पोस्टमार्टम गरी अन्त्यष्टिका लागि परिवालाई बुझाउने प्रहरीले जनाएको छ । बिरामि शंखर रोकालाई उपचारको लागि काठमाडौँ लगियो र उनको उपचारको क्रममा गत शुक्रबार काठमाडौँमा निधन भएपछि काठमाडौँको  पशुपति आर्यघाटमा  दाहसंस्कार गरी घर फर्कने क्रममा २ ट्याक्सी र एक माइक्रोबसमा गोरखा जादै गर्दा बा २ ज ४१९६ नंबरको ट्याक्सी  दुर्घटना हुँदा एकै परिबारका पाँचजनाको मृत्यू भएको थियो, भने ५ जना मध्येमा बालक विवश बेपत्ता थिए ।

    घटना पछि चार जनाको अन्त्यष्टि गरिए पनि १ जना विवश बेपत्त भए पछि खोजि कार्य तिब्र रुपमा भए पनि उनलाई चार दिन पछि फेला परिएको  प्रहरीले बताए ।  दुर्घटनामा परी मृतकहरु ७० बर्षकी शंकरकी आमा  जुनकिरी रोका, जुनकिरीकी छोरी हरिमाया रोका उपरकोटी, नाति आठबर्षका आगमन उपरकोटी, अर्की छोरी अञ्जना रोका र ज्वाई ट्याक्सी चालक  अर्जुन सिर्मलको घटनास्थलमै मृत्यू भएको थियो ।परिबारका सबैको मृत्यू भएपछि शंकरकी पत्नी वविता रोका सबैको काजकिरियामा बसिरहेकी हुन् । 

     

    प्रकाशित मिति :चैत्र २१, २०८० बुधवार - १३:५९:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको