Logo

बिहिवार, श्रावण १४ गते २०८३

संघीय निजामती विधेयकप्रति विरोध

संघीय निजामती विधेयकप्रति विरोध

जोईन खबर

२४, चैत्र २०७९
  • 682
    SHARES
  • संघीय निजामती विधेयकप्रति विरोध

    २४चैत काठमाडौ। सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पद प्रदेश सेवाको हुने गरी संघीय निजामती सेवा विधेयक ल्याउने गृहकार्य अघि बढाएपछि आम कर्मचारीले असन्तुष्टि व्यक्त गर्दै त्यसको विरोध गरेका छन् ।

    images

    साथै सकारको सो कदमले हाल केन्द्रीय पदमा रहेका शाखा अधिकृत र उपसचिव गरी ठूलो संख्यामा अधिकृतहरु फाजिल (जिम्मेवारविहीन) मा पर्ने भन्दै सो विधेयकको प्रावधानप्रति आपत्ति जनाइएको हो । अधिकृतहरुले सो प्रावधानका कारण अधिकृतस्तरका कर्मचारीको वृत्ति विकासमा समेत गम्भीर धक्का पर्ने बताएका छन् । उनीहरुले त्यस्तो विधेयकको प्रावधान नसच्याइए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

    कर्मचारीबाट स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने कुराले तत्कालै ४ सय ६० जना शाखा अधिकृत फाजिलमा पर्ने र २ सय ७६ नगरपालिकाका लागि ९ तहको रिक्त पदमा आगामी वर्ष उनीहरु बढुवा हुँदा निजामती सेवाका २ सय ७६ उपसचिव पनि फाजिलमा पर्ने बताइएको छ । 

     प्रदेश सचिव पनि १३औं तहको राख्दा सिनियर सहसचिव सचिव हुने र सहसचिव दरबन्दी कटौती हुँदा उपसचिव पनि बढुवा हुन नपाउने हुँदा वृत्ति विकासमा समस्या हुने बताइएको छ । यसै गरी ४ सय ६० जना शाखा अधिकृत फाजिल हुँदा नासुहरुको बढुवा पनि रोकिने र नासुको वृत्ति विकासमा पनि समस्या पर्ने दाबी उनीहरुले गरेका छन् ।

    विधेयकमा प्रदेश सचिवको पदमा प्रदेश निजामती सेवाको कर्मचारी १५ वर्षपछि मात्र १३औं तहमा पुग्ने प्रावधान राखिएको हुँदा हालको सहसचिवहरुलाई भने केही फरक नपर्ने गरी मस्यौदा गरिएको छ । तर पछि हालका उपसचिव सचिव हुने बेलामा प्रदेश सचिवको पद प्रदेश निजामती सेवाको हुँदा करिब ५० पद कटौती हुने र सचिव हुनबाट वञ्चित हुने बताइएको छ । 

    प्रकाशित मिति :चैत्र २४, २०७९ शुक्रवार - १५:०७:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको