२८ चैत काठमाडौँ । सरकारले भोली बिहीबार देशभर सार्वजानिक बिदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीहरुको इद उल फित्रको अवसरमा सरकारले नेपाल राजपत्रमा एक सूचना प्रकाशित गरि भोली सार्वजानिक बिदा दिने निर्णय गरेको हो ।
भोली देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरूमा बिदा दिने निर्णय गरिएको छ । मुस्लिम आयोगले बुधबार गृह मन्त्रालयलाई पत्राचार गर्दै चैत २७ गते मंगलबार नेपालको कुनै पनि भागमा चन्द्रमा नदेखिएकोले रमजान महिनाको ३० दिने सौम ९ब्रत, उपसना० बुधबार पूरा हुने भन्दै बिहीबार सार्वजनिक बिदाको अनुरोध गरेको थियो ।
