Logo

बिहिवार, श्रावण १४ गते २०८३

वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएकाहरुको बिमा रकम ठगी गर्ने ब्यक्तिहरु पक्राउ

वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएकाहरुको बिमा रकम ठगी गर्ने ब्यक्तिहरु पक्राउ

जोईन खबर

२४, चैत्र २०७९
  • 715
    SHARES
  • वैदेशिक रोजगारीको सिलसिलामा  मृत्यु भएकाहरुको बिमा रकम ठगी गर्ने ब्यक्तिहरु पक्राउ

    २४ चैत काठमाडौ।वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका तथा बिदामा आउँदा मृत्यु भएका नेपालीले प्राप्त गर्ने बिमा रकमको ठगी गर्ने ६ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ। शुक्रबार नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो। 

    images

    वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै विविध कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीले बिमा बापत पाउने रकम मृतकका आफन्तलाई केही मात्रै दिई अन्य रकम आफूले नै ठग्ने गिरोहका ६ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो।

    प्रहरीले चैत २३ गते दिउँसो काठमाडौंको गोंगबुबाट रामबहादुर तामाङसमेत ६ जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए। 

    पक्राउ परेका तामाङको साथबाट मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बिमा कम्पनीको लेटरप्याड फेला परेको  छ। 

    पक्राउ पर्ने काभ्रेपलाञ्चोक रोसी गाउँपालिका– १२ का रामबहादुर तामाङ, सर्लाही लालबन्दी नगरपालिका– ८ का विनोदकुमार लामा, सर्लाहीको लालबन्दी नगरपालिका– ८ कै  का डिकबहादुर मल्ल,सर्लाही लालबन्दी नगरपालिका– ८ कै रवीन्द्र मोक्तान, सोही स्थानका  प्रकाशबहादुर गोले र सर्लाहीको हरिवन नगरपालिका– २ का रुद्रमान गोले छन्। 

    प्रहरी वरिष्ठ उपरीक्षक केसीले विदेशबाट पठाइएका मृतक शवहरूको बिमामा ठगी गर्ने यस्तो गिरोह नै रहेको र उनीहरूले मृतकका परिवारलाई वासस्थानमा नै गई भेट्ने र बिमामा आधाभन्दा बढी रकम ठगी गर्ने गरेको पाइएको बताए। 

    प्रहरीका अनुसार उनीहरूले मृतकको शव आइसकेपछि उनीहरूका परिवारलाई काठमाडौं बिमाको रकम लिन बोलाउने र कोठामा थुनेर आधाभन्दा बढी रकम ठगी गर्ने गरेको देखिएको छ। 

    प्रकाशित मिति :चैत्र २४, २०७९ शुक्रवार - १६:४८:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको