३० चैत काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।घटनामा मृत्यु हुने कीर्तिपुर नगरपालिका–३ बस्ने ५२ वर्षीय सानु वाहक रहेको प्रहरीले बताए ।
दुर्घटनामा बा.प्र ०१–००६ ख ५७७८ नम्बरको बसले बा.९६ प ६०१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सानु वाहकको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटना सम्बन्धी थप अनुसन्धान भइ रहेको प्रहरीको भनाइ ।