२६ चैत काठमाडौ। बुढानिलकण्ठ नगरपालिका-१० कपन मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित झापा दमक नगरपालिका-१ घर भएका ३४ वर्षीय पूर्ण बहादुर लिम्बुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ, ५ तोला बराबरको सुनको जस्तो देखिने पहेंलो धातुको सिक्री, ब्रास्लेट, औंठी, मोबाइल १ थान र नगद १७ हजार ७ सय ४० रूपैयाँ फेला पारी पक्राउ गरेको हो ।