६ वैशाख काडमाडाैँ । कपिलवस्तुको विजयनगर गाउँपालिकामा खुला दिसा गर्ने भारतीय नागरिक सहित १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाउँपालिकाले बस्ती, सडक तथा खेतबारीमा खुला दिसा गर्नेको पहिचान गर्न छड्के अनुगमन गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
पालिकाका वास संयोजक अर्जुन बेल्वासेको नेतृत्वमा इलाका प्रहरी कार्यालय गणेशपुर प्रहरी सहितको अनुगमन टोली विहान ५ बजेदेखि गाउँपालिकाका विभिन्न वडामा छाड्ने अनुगमन गरेको थियो ।
प्रहरी नियन्त्रणमा पर्नेमा वडा नम्बर १,२,५,६ र ७ का रहेका वास संयोजक बेल्बासेले बताउनुभयो ।पक्राउ पर्नेमा स्थानीय सहित ३ भारतीय नागरिक समेत रहेका छन ।शौचालय निर्माण र प्रयोग गर्ने कागज गराईं वडाध्यक्षको जिम्मा लगाइएको बताइएको छ ।