Logo

शनिवार, कार्तिक २२ गते २०८३

मुग्लिन–पोखरा सडक खण्डमा चार ठाउँमा प्रिकाष्ट’ प्रविधिबाट पुल निर्माण हुदैँ

मुग्लिन–पोखरा सडक खण्डमा चार ठाउँमा प्रिकाष्ट’ प्रविधिबाट पुल निर्माण हुदैँ

जोईन खबर

१४, बैशाख २०८१
  • 781
    SHARES
  • मुग्लिन–पोखरा सडक खण्डमा चार ठाउँमा  प्रिकाष्ट’ प्रविधिबाट पुल  निर्माण हुदैँ

    १४ वैशाख काठमाडौँ । पुथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक  खण्डमा चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल  निर्माण  गरिने भएको छ । उक्त सडक निर्माणमा चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो।

    images

    निर्माण कम्पनीले तनहुँको म्याग्दे खोलामाथि प्रिकाष्ट प्रविधिबाट पुल राख्न सुरु गरेको चाइनिज कन्ट्रयाक्टरका इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिए।निर्माणलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै उनले हालसम्म २३ प्रतिशत काम भएको जानकारी दिए। निर्माणमा कतिपय ठाउँमा खानेपानीका पाइप, बिजुलीका पोलले समस्या पारेको उनले बताए।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डको अनुगमन गरेका छन्।

    images
    images
    images

    सञ्चारकर्मीसहित महानगरप्रमुख आचार्यले चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणाधीन सडकको अवस्थाका साथै प्रिकाष्ट प्रविधिमार्फत म्याग्दे खोलामा राख्न लागिएको पुललगायतका विषयमा जानकारी लिएका थिए। रासस

     

    प्रकाशित मिति :बैशाख १४, २०८१ शुक्रवार - ११:३०:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको