Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

सूर्यविनायकमा कार र स्कुटर एकआपसमा ठोकिक्दा घाइते स्कुटर चालकको उपचारको क्रममा मृत्यृ, एक जना घाइते

सूर्यविनायकमा कार र स्कुटर एकआपसमा ठोकिक्दा घाइते स्कुटर चालकको उपचारको क्रममा मृत्यृ, एक जना घाइते

जोईन खबर

१८, बैशाख २०८१
  • 754
    SHARES
  • सूर्यविनायकमा कार र स्कुटर एकआपसमा ठोकिक्दा घाइते स्कुटर चालकको उपचारको क्रममा मृत्यृ, एक जना घाइते

    १८ वैशाख काठमाडौँ । भक्तपुरको  सूर्यविनायक सृजनानगरमा  कार र स्कुटर एकआपसमा ठोकिक्दा घाइते स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको भएको छ । दुर्घटना सूर्यविनायक वडा न ५ जगातीबाट  काठमाडौँतर्फ जाँदै गरेको बाग्मती प्रदेश नम्बर ०१ ०३० चं ०९९५ नं को कार र सोही दिशातर्फ जाँदै गरेको बा ७३ प २८३६ नं को स्कुटर एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

    images

    दुर्घटनामा घाइते भएका स्कुटर चालक रामेछाप लिखु तामाकोशी गाउँपालिका‐४ घर भई हाल काठमाडौँ माइतिघर बस्ने २३ वर्षीय सुजन तामाङको मध्यपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । 

    images
    images
    images

    दुर्घटनामा स्कुटर पछाडि सवार गर्ने भक्तपुर सल्लाघारी बस्ने २३ वर्षीय  राज तामाङको भने मध्यपुरथिमि अस्पतालमा उपचार भइरहेको र कार चालक सुनसरी धरान उप–महानगरपालिका‐१३ घर भई हाल काठमाडौँ कलंकी बस्ने ३१ वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरी प्रहरी वृत जगाती भक्तपुरको हिरासतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइ रहेको छ । 

    प्रकाशित मिति :बैशाख १८, २०८१ मंगलवार - १६:११:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको