१९ वैशाख काठमाडौँ । टि२० सिरिजको तेस्रो खेल आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच तेस्रो खेल हुदैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२१५ बजे सुरु हुनेछ ।नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो ।दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो ।
उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् ।आजको खेलमा पनि टोलीमा परिवर्तन हुने पक्का छ । विश्वकपको टोली निर्माण गर्ने लक्ष्यसहित २० खेलाडी यसपटक टिममा छन् । पहिलो बाट दोस्रो खेलमा ५ खेलाडी परिवर्तन भएका थिए ।
हाल यस सिरिजमा खेल्न बाँकी ४ खेलाडी मध्यबाट आज अवसर पाउने सम्भावना छ ।विनोद भण्डारी, आसिफ शेख, करण केसी र सन्दीप जोराले सुरुवाती दुई खेल खेलेनन् । विनोदबाहेक अन्य ३ विश्वकप खेल्ने टोलीमा पक्का भएकाले विनोदसँगै अन्य खेलाडीले अवसर पाउन सक्छन् ।
आज नेपालको खेलमा रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव, आकाश चन्द, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी समेत मैदान खेल्ने भएका छन् ।