Logo

शुक्रवार, श्रावण १५ गते २०८३

लागूऔषध चरेससहित ३ जना पक्राउ

लागूऔषध चरेससहित ३ जना पक्राउ

जोईन खबर

२८, चैत्र २०७९
  • 658
    SHARES
  • लागूऔषध चरेससहित ३ जना पक्राउ

    २८ चैत काठमाडौ। पटेर्वासुगौली गाउँपालिका-५ देउरियाबाट अवैध लागूऔषध चरेस १ सय १८ केजी र अवैध लागूऔषध गाँजा ४ केजीसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका-५ बस्ने ६० वर्षीय प्रदेशी राउत (थारू), मकवानपुर रक्सीराङ गाउँपालिका-८ बस्ने ३८ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने २५ वर्षीय रेशन मोक्तान रहेका छन् ।

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रदेशी राउतको घर तथा टहरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

     

     

    प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - १०:५७:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको