२८ चैत काडमाडौ।सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेजनौ ह्याक भएको छ। मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी थापाले जानकारी दिए। अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुन: नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको डिएसपी थापाले बताए।
केही समय अघि नेपाली सेनाको साइबर स्पेशमा हमला गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको थियो।बिहानदेखि समस्या आयो। प्राविधिक टोलीले पूरानै अवस्थामा फर्काउने प्रयास गरीरहेएको छ । ,उनले भने, ‘कसरी यस्तो भयो भनेर अध्ययन गरिरहेको बताएका छन् ।