Logo

बिहिवार, कार्तिक १३ गते २०८३

यो बर्ष गर्मी बढदा चितवनमा घुम्न आउने संख्या घटेयो 

यो बर्ष गर्मी बढदा चितवनमा घुम्न आउने संख्या घटेयो 

रासस

२८, जेठ २०८१
  • 766
    SHARES
  • यो बर्ष गर्मी बढदा चितवनमा घुम्न आउने संख्या घटेयो 

    २८ जेठ काठमाडौँ । चितवनमा गर्मी बढदा  घुम्न आउने पर्यटकको सङ्ख्यामा कम भएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो । होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको सङ्ख्या न्यून छ ।

    images

    उहाँले पछिल्ला दिनमा यहाँ आएका पर्यटक गत वर्ष भन्दा कम भएको बताउनुभयो । गर्मी बढेको कारण पर्यटकको सङ्ख्यामा कमी आएको उहाँको अनुमान छ । अध्यक्ष भट्टले विगतमा कोरोना र आर्थिक मन्दिले थला परेको होटल व्यवसायलाई भरतपुर भ्रमण वर्षले केही राहत मिलेको बताउनुभयो । 

    images
    images
    images

    जिल्लाभित्रका छ सय ३१ वटा होटल सङ्घमा नवीकरण भएका छन् । रेस्टुराँ एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष धु्रव गिरीले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य सौराहामा हाल पर्यटकको सङ्ख्यामा गिरावट आएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “हिजो आज सौराहा सुनसान छ पर्यटक एकदमै कम छन् । यो समयमा सौराहका होटलमा पाँच प्रतिशत पनि पाहुना नभएको उहाँले जानकारी दिनुभयो । उहाँले गर्मी भए पनि यस क्षेत्रमा उच्चस्तरीय सेवा सहितका होटल हुँदा घुम्न आउने पर्यटकलाई गर्मीको महसुस नहुनेगरी सेवा दिन व्यवसायी तयार रहेको बताउनुभयो । 

    चितवनमा हात्ती तथा जिप सफारीको क्षेत्रमा काम गर्दै आउनुभएका पर्यटनकर्मी रमेश दवाडीले  वर्षायाममा पर्यटक स्वतः घट्ने बताउनुभयो । नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बर्षा लागेसँगै क्रमशः मोटरबोट बन्द हुने बेला भएको बताउनुभयो ।

    प्रकाशित मिति :जेठ २८, २०८१ सोमवार - १४:१९:२४ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको