Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नयाँ दिल्ली र भारतबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

नयाँ दिल्ली र भारतबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

रासस

२८, जेठ २०८१
  • 760
    SHARES
  • नयाँ दिल्ली र भारतबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

    २८ जेठ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नयाँ दिल्ली र भारतबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुदा सपथग्रहणलाई सम्बोधन गदैँ यस कुरा बताउनु भयो । 

    images

    प्रधानमन्त्री ‘प्रचण्ड’लाई आइतबार राजधानी दिल्लीको राष्ट्रपति भवनमा आयोजना गरिएको भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा आमन्त्रित गरिएको थियो ।सपथग्रहणपछि भएको भेटपछि सामाजिक सञ्जाल एक्समा सन्देश जारी गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भारतीय समकक्षी मोदीलाई भेटी बधाई दिएको बताउनुभएको छ ।

    images
    images
    images

    श्री नरेन्द्र मोदीजीसँग भेट भएको छ । भारतको प्रधानमन्त्रीका रुपमा लगातार तेस्रो कार्यकालको सपथ लिएपछि उहाँलाई नयाँ कार्यकालका लागि बधाई ज्ञापन गर्दछु। 

    प्रधानमन्त्री ‘प्रचण्ड’ले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “भारत र नेपालबीचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने रणनीतिमा केन्द्रित रहेर छलफल भएको छ । हामीले नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल ग¥यौँ । 

    मोदीको सपथ ग्रहण समारोहमा श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालगायत विदेशी नेता सहभागी भएका थिए । 
    –––

    प्रकाशित मिति :जेठ २८, २०८१ सोमवार - १४:३१:०५ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको