Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम गण्डकी प्रदेश सरकारले पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्दै

आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम गण्डकी प्रदेश सरकारले पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्दै

रासस

३०, जेठ २०८१
  • 760
    SHARES
  • आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम  गण्डकी प्रदेश सरकारले पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन  गर्दै

    ३० जेठ काठमाडौँ । पोखराको गण्डकी प्रदेश सरकारले  ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्यटन राजधानी घोषणा भएपछिको पहिलो नीति तथा कार्यक्रममा उक्त विषयलाई समेटिएको हो ।सरकारको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पर्यटन राजधानी पोखरालाई केन्द्रबिन्दुमा राखी ‘पोखरा जाऔँ– प्रकृति र संस्कृतिसँग रमाऔँ’ कार्यक्रम लागू गरिने बताउनुभयो । 

    images

    आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘पहिले घरदेश अनि परदेश’ कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधीकरण, वैकल्पिक पदमार्गको निर्माण, हिमाल आरोहणको प्रवद्र्धन, पर्यटकको सेवा तथा सुविधा विकास र विस्तार गरिने सरकारको योजना छ ।
    सरकारी तथा निजी क्षेत्रको समन्वय र सहभागितामा विभिन्सांस्कृतिक तथा व्यापारिक मेला, जात्रा तथा सम्मेलनको आयोजना र सञ्चालन, घरबास, सङ्ग्रहालय, कोसेली घर, उद्यान, मानव निर्मित पर्यटकीय गन्तव्यमार्फत आन्तरिक तथा बाह्पर्यटकलाई आकर्षित गरी पर्यटनलाई आन्तरिक उत्पादन र रोजगारीसँग आबद्ध गरिने जनाइएको छ ।

    images
    images
    images

    ‘राउण्ड फेवाः भ्यू फेवा’ कार्यक्रमको कार्यान्वयनलाई निरन्तरता दिइने उल्लेख गर्दै नीति तथा कार्यक्रममा चङ्ुरबाट मग्रेबगरसम्म पर्यटकीय आकर्षणका रूपमा ट्रस ब्रिजको निर्माणका लागि आवश्यक पहल गरिने जनाइएको छ । 

    पदयात्रा तथा साइक्लिङका लागि उपयुक्त ठाउँको पहिचान गरी वैकल्पिक मार्गको व्यवस्था गरिने भनिएको छ । गोरखाको मनास्लु लार्केपास– मनाङ–मुस्ताङ र कास्कीको अन्नपूर्ण संरक्षण क्षेत्रलाई उत्कृष्ट पदमार्गको रूपमा विकास गरिने सरकारको योजना छ ।

    धार्मिक, सांस्कृतिक, आध्यात्मिक, ध्यान, योग, साहित्यिक, साहसिक, खेलकुद पर्यटन, मुक्तिनाथ, विन्दवासिनी, मनकामना, गोरखकाली, गोरखनाथ, गलेश्वर, बागलुङ कालिका, भैरवस्थान, पञ्चकोट, पञ्चासे, डहरे देउराली, आलमदेवी, नुवाकोट कालभैरव, देवघाट, मौलाकालिका, गलेश्वर आश्रम, महेश आश्रम, हरिहर सन्न्यास आश्रम, केदारेश्वर धाम, लमजुङ कालिकालगायत प्रमुख धार्मिकस्थलको प्रवद्र्धनका लागि विशेष पहल गरिने प्रदेश प्रमुख भट्टले बताउनुभयो । 


    –––

    प्रकाशित मिति :जेठ ३०, २०८१ बुधवार - १३:०२:५१ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको