Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वप्रधानमन्त्री कोइरालाको जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी आयोजना हुने

पूर्वप्रधानमन्त्री कोइरालाको जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी आयोजना हुने

रासस

१०, आषाढ २०८१
  • 715
    SHARES
  • पूर्वप्रधानमन्त्री कोइरालाको जन्मजयन्तीको अवसरमा फोटो प्रदर्शनी आयोजना हुने

    १० असार काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी आयोजना हुने भएको छ ।

    images

    कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको संयोजनमा  यही असार १८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘क्रान्तिदेखि शान्तिसम्म, ऐतिहासिक फोटो प्रदर्शनी’ आयोेजना हुने बताइएको छ । 
          
    प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले गणतन्त्र स्थापनाका लागि गिरिजाबाबुले दिनुभएको अथक योगदान र  सङ्घर्षलाई फोटो प्रदर्शनीमार्फत देखाउन खोजिएको बताउनुभयो ।

    images
    images
    images

    कांग्रेसले प्रदर्शनीमा राख्नका लागि आफूसँग भएका दुर्लभ फोटो यही असार १५ गतेसम्म पठाउन सबैलाई अनुरोधसमेत गरेको छ । फोटो प्रदर्शनीका दिन विभिन्न विषयमा विज्ञ वक्ताको विमर्श कार्यक्रम गरिने उहाँले बताउनुभयो । । 

    प्रकाशित मिति :आषाढ १०, २०८१ सोमवार - ११:२२:०७ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको