३० चैत काठमाडौ। इटहरी उपमहानगरपालिका ८ भुर्कीमा आजा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । को ११ प ९५ ५५ नम्बरको मोटरसाइकल दुर्घटनामा इटहरी उपमहानगरपालिका १४ का अन्दाजी ३२ वर्षीय उमेश चौधरी घाइते भएका थिए ।
घाइते भएका चौधरीलाई उपचारको लागि हलगडा सामुदायिक अस्पताल इटहरी पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो । शवलाई पोष्टमार्टमको लागि वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको कुरा नेपाल प्रहरीले बताएको छ। ।