Logo

मंगलवार, श्रावण १२ गते २०८३

दन्त स्वास्थ्य , डेन्टल हाइजिनिष्ट र अध्ययन

दन्त स्वास्थ्य , डेन्टल हाइजिनिष्ट र अध्ययन

Dr. Buddhi Man Shrestha

१२, आश्विन २०७७
  • 8.1K
    SHARES
  • दन्त स्वास्थ्य , डेन्टल हाइजिनिष्ट  र अध्ययन

    मुख र दाँत सँग सम्वन्धित बिभिन्न अंग तथा भागहरु छन् । जस्तै मुख भित्र दाँत छ, गिजा छ, जिब्रो छ, हार्ड प्यालेट छ, सफ्ट प्यालेट छ, म्याग्जिला अनि म्यान्डिवल जस्ता भागहरु हुन्छन्, यी सबै कुरालाई हामीले ओरल क्याविटी भन्छौँ ।
    ओरल क्याविटी भित्र हुने समस्याहरुको निराकरण गर्नका लागि पढिने विषयलाई डेन्टिस्ट्री भनिन्छ । यसलाई डेन्टल एजुकेशन पनि भनेर चिनिन्छ । यस अन्तरगर्त दन्त चिकित्सा शास्त्र अर्थात दाँतको उपचार गर्ने डाक्टर बनाउने शिक्षाको पढाई हुन्छ भने अर्को डेन्टल हाइजिन एजुकेशन आउँछ । 

    images

     

    डेन्टल हाइजिनिष्ट बन्नको लागि कम्तिमा पनि दुई बर्ष तालिमप्राप्त हुनुपर्छ । नेपालमा डेन्टल हाइजिनिष्टको कार्यक्रम सन् २००० बाट शुरु भएको हो । त्यसबेला दुई बर्षे कार्यक्रम थियो । त्यसको पहिलो सुरुवात हामीले कान्तिपुर स्कुल अफ डेन्ट्रिस्टीबाट गरेका थियौँ । सन् २०१४ पछि दुई बर्षे यो कार्यक्रम पूर्ण रुपमा फेजआउट भयो र तीनबर्षे कार्यक्रम शुरु भयो । यसको मान्यता प्रोफिसियन्सी सर्टिफिकेट लेभल अर्थात प्लस टू बराबरको हो ।

    dental.JPG

    डेन्टल हाइजिन एजुकेशन पढिसकेपछि पाउने डिग्री र त्यसपछि प्राप्त गर्ने लाइसेन्स पछि सो व्यक्ति जसलाई डेन्टल हाइजिनिष्ट भनिन्छ। उस्ले मुख तथा दाँतका विरामीहरुको निश्चित भागको उपचार गर्न सक्छ । जस्तो दाँत सफा गर्ने काम, गिजा सफा गर्ने काम, दाँत र गिजाको बीच वा गिजा मुनी गएको फोहरहरुलाई सफा गर्ने काम, गिजामा आएका घाउ खटिरा सन्दर्भमा र त्यो आउन नदिनका सन्दर्भमा गरिने रोकथाम, एक्सरे लिने काम, ब्रसिङ टेक्निक सिकाउने काम, मुख स्वास्थ्य शिक्षा दिने कामहरु, बच्चाको दाँतको किराले खानबाट बचाउन फ्लोराइड एप्लीकेशन गर्ने काम गर्न सक्छन् । 

    dental 1.JPG

     

    नेपालमा डेन्टल हाइजिन एजुकेशनको लागी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले पाठ्यक्रम तयार गरेको छ र CTEVTको सम्वन्धन प्राप्त शैक्षिक संस्थाहरुमा पढाई भैरहेको छ । यो बिषय पढ्नको लागि एसएलसी वा एसईई मा  Science, Maths , English बिषयमा सी ग्रेड र कुल 2.0 GPA ल्याएको हुनुपर्छ । डेन्टल हाइजिनिष्ट (CDS) उत्तीर्ण गरेपछि नेपाल स्वास्थ्य व्यवसायी परिषद् मा नाम दर्ता गरी लाइसेन्स लिनु पर्छ । 

    डेन्टल हाइजिनिष्ट एजुकेशनमा आकर्षण बढदो छ । उत्पादित डेन्टल हाइजिष्टहरु कोही पनि वेरोजगार भएर बसेको अवस्था छैन्। सरकारी दरबन्दी कम भएपनी  करारमा लिन थालेको छ । निजी क्षेत्रमा यो सजिलै रोजकारी पाउने जनशक्ति हो । हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफि जस्तै तहको जनशक्ति हो । तर मुख स्वास्थ्यलाई उपेक्षा गरेको कारण डेन्टल हाइजिनिष्टहरु चर्चामा नआएको हो । यो जनशक्तिको नेपालमा स्वरोजगार हुनसक्छन, विदेशमा पनि रोजगारिको राम्रो अवस्था छ र महत्व पनि  छ । अन्य व्यक्तिले भन्दा डेन्टल हाइजिनिष्टले तीन गुणा बढी तलव पाउने गरेको देखिएको छ । युरोप अमेरिकातिर पनि यसको स्कोप बढी हुन्छ । नेपालमा  १२ वटा कलेजहरुमा यस बिषयको पढाई हुन्छ ।
    डेन्टल हाइजिनिष्टहरुलाई  सरकारी अस्पतालमा करार सेवामा राखेको छ । जनपथ, सशस्त्र, सेना, मेडिकल कलेज र ठूला अस्पतालमा दरबन्दी छ । निजी क्लिनिक र डेन्टल अस्पतालमा, मुख स्वास्थ्य कार्यक्रम चलाउने एनजीओ आइएनजीओमा पनि यो जनशक्तिको खोजी हुने गरेको छ ।  

    तीन बर्षको PCL In Dental Science (डेन्टल हाइजिन) अध्ययन पछि थप उच्च शिक्षा हासिल गर्न पनि सकिन्छ । तीन महिनाको ब्रीजकोर्ष (equivalence course) गरी बीडीएस वा एमबीबीएसमा जान्छु भने पनि पाइन्छ । पव्लीक हेल्थतिर पनि जान पाइयो । साइन्स पढ्न पनि पाइन्छ । अर्थात अरु व्याचलर लेभलको काम गर्न पाइन्छ । अस्पताल व्यवस्थापन, हेल्थ केयर म्यानेजमेन्ट पढ्न पाइन्छ ।

    प्रकाशित मिति :आश्विन १२, २०७७ सोमवार - १२:५२:२४ बजे

    Dr. Buddhi Man Shrestha

    Chairman, Kantipur Dental College/ Kantipur School of Dentistry/KDC Hospital Basundhara

    images
    ताजा अपडेट
    धेरै पढिएको