चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको सचिवालयमा कार्यरत कर्मचारीले घुस मागेको अडियो सार्वजनिक भएको छ ।नगरपालिकामा जागिर लगाइदिन्छु भन्दै सोही नगरपालिकाका कर्मचारी देवप्रकाश राईले एक व्यक्तिसँग घुस मागेको अडियो सार्वजनिक भएको हो ।

डेढ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको नगरपालिकाले जनाएको छ।नगरपालिकाले नगर अस्पतालका लागि कम्प्युटर अपरेटर, ल्याब असिस्टेन्ट अनमी, अहेबलगायत करारमा नियुक्तिका लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा अनमीमा नाम निकालिदिने भन्दै उनले घुस मागेका हुन् ।